Deprecated: Function WP_Dependencies->add_data() was called with an argument that is deprecated since version 6.9.0! IE conditional comments are ignored by all supported browsers. in /home/samanyag/public_html/wp-includes/functions.php on line 6170

बोट बिरुवा किन हरियो देखिन्छन्?

environmental protection, environment, the atmosphere-683437.jpg

बिरुवाहरूले आफ्नो लागि खाना बनाउने प्रक्रियालाई संश्लेषण (photosynthesis) भनिन्छ। त्यस प्रक्रियामा क्लोरोफिल नामक रंगद्रव्य (pigment) संलग्न भएको हुन्छ। रंगद्रव्य भनेको अणु हो जसको विशेष रंग हुन्छ र त्यसले रंगमा निर्भर रहेर विभिन्न वेभलम्बाइमा (wavelength) प्रकाशलाई सोस्न सक्छ। प्रकृतिमा धेरै प्रकारका रंगद्रव्यहरु छन् तर क्लोरोफिलले मात्र बिरुवालाई आफ्नो लागि ऊर्जा प्राप्त गर्न सक्ने क्षमता विकास गर्न सहयोग गर्दछ।

 बिरुवाको कोशाणुमा(cells) रहेको सानो संरचनालाई क्लोरोप्लास्ट भनिन्छ। क्लोरोफिल त्यहि क्लोरोप्लास्टमा रहेको हुन्छ।क्लोरोफिलको काम प्रकाशलाई सोस्नु हो, विशेष गरेर घामको प्रकाश। प्रकाशबाट प्राप्त भएको ऊर्जालाई दुई प्रकारको ऊर्जा – भण्डारण अणुमा सारिन्छ। संश्लेषणद्वारा बिरुवाले, भण्डारण गरिएको ऊर्जाको प्रयोग गरेर कार्बडाइअक्साइड र पानीलाई ग्लूकोजमा रुपान्तरण गर्छ। माटोबाट प्राप्त पोषक तत्वहरू र ग्लूकोज प्रयोग गरेर बिरुवाले नयाँ पात र बिरुवाको अन्य भागहरू बनाउछ।

संश्लेषणको प्रक्रियाले अक्सिजन उत्पादन गर्छ र त्यसलाई बिरुवाले हावामा वितरण गर्छ।क्लोरोफिलले रातो प्रकाश (लामो वेवलम्बाइ) र नीलो प्रकाशलाई (छोटो वेवलम्बाइ) सोस्छ र हरियो प्रकाश प्रतिबिम्बित गर्छ। यसै कारणले गर्दा बोट बिरुवाहरू हरियो देखिन्छन्।

तर कतिपय बिरुवा पहेंलो, बैजनी वा अरु नै गाढा रंगका पनि देखिन्छन्।यदि कुनै बिरुवा अरु रंग,जस्तै रातो, देखिन्छन् भने त्यस बिरुवामा भएको हरियो रंगद्रव्यलाई अरु कुनै रंगद्रव्यले छोपेको हुन सक्छ। तथापि यस्ता बिरुवाले आफ्नो लागि खाना बनाउन सक्छन्।परन्तु कुनैकुनै बिरुवामा रंगद्रव्य हुँदैन र त्यी बिरुवा हरियो रंगका हुँदैनन् र त्यस्ता बिरुवाले आफ्नो लागी खाना बनाउन पनि सक्दैनन्।


वातावरणका हरेक क्षेत्रमा, स्थलीय देखि लिएर समुन्द्रि, खाद्य श्रृंखला संश्लेषणबाट नै सुरु हुने भएकोले क्लोरोफललाई पृथ्वी जीवनको आधार मान्न सकिन्छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *